४ पुस २०८२, शुक्रबार | December 20, 2025

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट



काठमाडौं । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन् ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेकाे हाे । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २-० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍याे । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १-१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा ५औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२ औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको