९ पुस २०८२, बुधबार | December 25, 2025

खोटाङमा स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने सहमति



खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो ।

बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए । जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ ।

खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा छन् । तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ । नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ । ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल भएको छ । गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको छ,’ इन्चार्ज चाम्लिङले भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । ठोस निर्णयका लागि निरन्तर बैठक बसिरहनेछौँ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ ।’

गठबन्धन दलको बैठकले आगामी १९ चैतमा जिल्लाका ७९ वटै वडामा अन्तरक्रीया तथा चियापान गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ६ : ५७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना