१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उपमेयरको नेतृत्वमा सडक अवरुद्ध



काठमाडौं । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी-साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् ।

उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् ।

६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।

यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशस् नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन् ।

स्थानीय राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक-पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : ४९ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर