१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

ओलीले घाइते बाघले जस्तै माओवादी विरुद्ध जेहाड छेडे : प्रचण्ड



नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघिल्लो वर्ष केपी ओलीले गरेको प्रतिगमन असफल भएपििछ ओली माओवादी विरुद्ध जेहाड छेड्दै हिँडेको टिप्पणी गरेका छन् । माओवादीको बाँकेका कार्यकर्ताहरुलाई आज नेपालगन्जमा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले अघिल्लो वर्ष केपी ओलीले गर्न खोजेको प्रतिगामी कदमलाई माओवादीले असफल बनाइदिएपछि ओलीले माओवादी विरुद्ध जेहाड छेड्न थालेको बताएका हुन् ।

प्रचण्डले ओलीका कम्युनिष्ट विरोधी कदमलाई आफुल् नेकपा रहेकै अवस्थामा पराजित गरिदिएको दाबी गर्दै ७० प्रतिशत बढी कार्यकर्ताहरुको नेतृत्व प्रचण्डले गर्ने अवस्था आएपछि अदालतबाट सेटिङबाट नेकपा फुटाइएको बताए । उनले पार्टी, संसदीयदल र कार्यकर्ता पङ्तीबाट एक्लीन थालेपछि अन्तराष्ट्रिय सेटिङका आधारमा पार्टी विभाजन गरिएको बताए ।

मधेसको मुद्दामा आफु दोस्रो पटक प्रधानमन्त्री भएका बेला संबिधान संशोधनको प्रस्ताव मार्फत संवोधन गरेको बताउँदै उनले मधेशका सबै माग पुरा गर्न नदिन एमालेले अवरोध गरेको आरोप लगाए ।

राजनीतिक कालखण्डमा माओवादीहरुले गल्ती गरेपनि महाधिवेशनबाट माओवादीले कमजोरीहरुलाई सच्याउँदै पार्टीलाई व्यवस्थित बनाएको प्रचण्डको दाबी छ । ‘हामी बिग्रीयौं, हाम्रो कति सदस्य छन् भन्ने पनि हामीलाई थाहा भएन, संगठन अस्तव्यस्त बनायौं,’ उनले भने, -‘तर महाधिवेशन पछि भने वडा वडाबाट संगठनलाई ब्युँताउँदै ८ लाख सदस्य बनाउन सफल भयौं ।’

मधेशमा माओवादी प्रति लहर आएको बताउँदै प्रचण्डले सबेतिरको माहोल हेर्दा माओवादीको अवस्थाबाट आफु उत्साहित भएको बताए । उनले आँदै गरेको निर्वाचन प्रतिगमन र अग्रगमनबीचको लडाँई भएको जिकिर गर्दै उनले चुनाव हारे जनयुद्ध, १९ दिने जन आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने र चुनाव जितेमात्र जनयुद्धको उपलब्धीको रक्षा हुने बताए । उनले युद्धकै शैलीमा दुस्मनको घेरा तोडेर अगाडी बढ्न कार्यकर्तालाई निर्देशन दिँदै आगामी चुनाव जित्नुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ७ : ०१ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज