२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

अखिल कप २०७८ को उपाधि मणिमुकन्द कलेजलाई



बुटवल । बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ ।

अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा विहिबार सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाईनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३-० को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधिसंगै उसले नगद ३३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता बुटवल बहुमुखी क्याम्पस नगद २२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा भएको खेलमा मणिमुकुन्द कलेजले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५-१९, २५-२३, २६-२४ अंकको सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो । प्रतियोगितामा यज्ञद्घय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्दै नगद ११ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

एक समारोहका बिच नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी संयोजक सरोज पोखरेल, अनेरास्ववियु सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, कृष्ण बश्याल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, बुहमुखीका डा खिमानन्द न्यौपाने, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष भगवती पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, सचिव प्रकाश पराजुलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिए । आफनो खेल जिवनको स्मरण गर्दै बुटवल खेलको उर्वरभुमि भएको बताए ।

खेलस्तरलाई बढाउन थप प्रतियोगितामा भाग लिनुका साथै नियlमत प्रशिक्षण बढाउन आग्रह गरे । प्रतियोगितामा जिल्ला २२ वटा कलेजहरुले भाग लिएका थिए .

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : १७ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा