२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

आइपिएल : लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार



काठमाडौं । चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे ।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा कप्तान केएल राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।

चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए ।

लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान २ विकेट लिए ।

हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।

जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ३३ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा