१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

विपन्नको घरको छाना फेरिए



लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छानो हटाएर टीनले छाएको छ ।

नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत खरले छाएको घरलाई जस्तापाताको छानोले छाएको हो ।

बेँसीशहर नगरपालिका-११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ ।

बेँसीशहर नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै पाण्डेले पनि जस्तापाताले घर छाएका हुन् ।

उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थान जस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि १० हजार प्रदान गरिएको बेंसीशहर नगरपालिकाले जनाएको छ । उनी मात्र होइन बेसीशहर नगरपालिका-३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र ६ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै १० हजार नगरपालिकाबाट लिइन् उनी अहिले जस्तापाताले छाएको घरमा बसेकी छन् ।

विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्यांक संकलन गरी नगरपालिकाभित्रका एक सय ७ घर जस्तापाताले छाइएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने नगरपालिकाभित्र १ सय १६ घर खरको छानाका थिए त्यसमध्ये एक सय १६ घरमा जस्ताको छाना लगाइयो । ‘नगरभित्रका गरीब, बिपन्न तथा असाह्यलाई माथि उठाउने स्थानीय सरकारको कर्तब्य हो ।

‘नगरपालिकाले उनीहरुलाई बस्ने बासको राम्रो व्यवस्था गर्नेछ । सबै खरले छाएका घर अब जस्तापाले छाएको छौं,’ उनले भने । बेसीशहर नगरपालिका ६ सारिङ फाँटका लिलाबहादुर घर्तीको घर यसअघि ढुंगा माटो र खरले बनाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर्तीले घरको छानोमा जस्तापाताले छाउन सकेका थिएनन् । ‘टीनले छाएर बस्ने धोको पहिल्यै देखि थियो । तर, कसरी छाउने । पैसा थिएन । अहिले पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । स्थानीय सरकार आएपछि मेरो बर्षौंदेखिको सपना पुरा भयो । धेरै खुसी छु ।

आर्थिक अवस्था नाजुक भएका कारण घर जस्तापाताले छाउन नसकेका नागरिकका निम्ति घर छाइदिएको बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मिघेन्द्र पोखरेलले बताए । उनका अनुसार विपन्न नागरिकको घर जस्तापाताले छाउनका २१ लाख रुपियाँ बजेट बिनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ३९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन