२२ भदौ २०८३, सोमबार | September 7, 2026

फेरि बस भाडा वृद्धि गर्दै सरकार



काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो ।

सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै आइतबारसम्म समायोजन गरिने बताएका छन् । ‘व्यवसायीले भाडा समायोजन गर्न माग गर्दै आउनुभएको छ, मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति आएको छ,’ उनले भने ।

विभागका महानिर्देशक घिमिरेले अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा समायोजन गरिने बताएका छन् । अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक गरिने घिमिरेले बताएका छन् । भाडा समायोजनअन्तर्गत कति वृद्धि गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । विभागले अहिलेसम्म ३४ प्रतिशत डिजेलमा मूल्यवृद्धि भएकाले त्यसलाई आधार मानेर वृद्धि गरिने जनाएको छ ।

संघ सरकारले लामो दूरीको भाडा बढाएपछि प्रदेश सरकारहरूलाई पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउन बाटो खुल्नेछ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि भएको छ । विभागले यो निर्णय आइतबारदेखि कार्यान्वयनमा जाने र तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने जनाएको छ ।

यसअघि, विभिन्न समयमा डिजेल–पेट्रोलको मूल्यवृद्धि लगातार बढ्दै गएपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएर मागको सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिँदै आएको थियो ।

यसअघि, गत २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा २८ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेर बिदाइ भएका थिए ।

असारमा भाडा समायोजन गर्दा पेट्रोलको मूल्य लिटरमा १२१ र डिजल १०४ रुपैयाँ प्रतिलिटर थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ३८ रुपैयाँ पुगेको छ ।

सरकारले अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियमको मूल्यवृद्धि भएको भन्दै पटकपटक वृद्धि गर्दै आएपछि गाडी भाडा वृद्धि गर्नेमा सरकार पुगे पनि यसको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरूलाई यसको मार पर्ने भएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ४९ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा