१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो



काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि बढेको छ

। यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यातायात र ढुवानीमा पाँच पाँच प्रतिशतका दरले वृद्धि गर्ने निर्णय गरेको हो ।

विभागले बुधबार एक सूचना जारी गर्दै अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जनाएको हो। विभागका अनुसार बढेको भाडादर आज बुधबारदेखि नै लागू हुनेछ।

सूचनाअनुसार नेपाल आयल निगमले डिजेलको मूल्य बढाएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार नयाँ भाडादर निर्धारण गरिएको जनाइएको छ। विभागले पछिल्लो पटक समायोजन गर्दा कायम रहेको डिजेलको मूल्यको तुलनामा अहिले उल्लेख्य वृद्धि भएकाले भाडा समायोजन गर्नुपरेको जनाएको छ।

नयाँ निर्णयअनुसार यात्रुवाहक सार्वजनिक सवारीको भाडा ५ प्रतिशतले वृद्धि गरिएको छ। पहाडी रुटमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, तराई रुटमा सञ्चालन हुने मालवाहक सवारीको भाडा पनि ५ प्रतिशतले वृद्धि गरिएको छ।

विभागले स्वचालित प्रणालीअनुसार इन्धनको मूल्यमा भएको परिवर्तनका आधारमा भाडा समायोजन गरिएको जिकिर गरेको छ ।

यसअघि चैत २५ गते भाडा समायोजन गरिएको थियो।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १२ : ०५ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको