४ पुस २०८२, शुक्रबार | December 20, 2025

१६औं मनमोहन स्मृति रनिङ शिल्ड, वडा नम्बर १७ फाइनलमा



भैरहवा । १६औं मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा वडा नम्बर १७ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा गतवर्षको विजेता वडा नम्बर ११ लाई ट्राइबेकरमा ४–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको खेलमा खेलको निर्धारित समयको ९औं मिनेटमा वडा नम्बर १७ का सुशान्त थापाले गोल गर्दै खेलमा अग्रता गोल गर्दै खेल बराबरीमा ल्याए ।

अन्तिम समयसम्म दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा वडा नम्बर १७ का गोलकिपर आशिष् गुरुङ नायक बने । गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शनिबार दोस्रो सेमिफाइनल खेल वडा नम्बर ८ र ७ का बीचमा हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ८ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको