१० असार २०८३, बुधबार | June 24, 2026

भारतीय विदेश मन्त्रालयको टिप्पणी : प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर



काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितमा नेपाल–भारत द्विपक्षी बैठक सुरु हुनुअघि उनले समामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रा दुई देशबीचको मित्रता र सहयोगको विशेष सम्बन्धलाई प्रगाढ बनाउने नयाँ अवसर,’हैदरावाद हाउसमा देउवा र मोदी भेटघाट गरेको तस्विर सेयर गर्दै उनले लेखेका छन् ।

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनको आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : १२ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया