१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपाल र भारतबीचको जस्तो सम्बन्ध अन्त कतै पाईंदैन : मोदी



काठमाडौं । भारतीतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध अतुल्य रहेको बताएका छन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित प्रधानमन्त्री शेरबहादुर देउवासहितको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको जस्तो सम्बन्ध अन्त कतै नपाइने बताएका हुन् । मोदीले सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको बताउँदै भने, ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’

मोदीले नेपालको शान्ति, प्रगति र शान्तिको यात्रामा भारत दृढ साथी रहेको बताए । मोदीले नेपालले आफूलाई बढी भएको विद्युत् भारतलाई बेच्न पाउनु खुुसीको कुरा रहेको बताए । उनले प्रधानमन्त्री देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको जनाए ।

मोदीले खुला सीमाबाट हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण लागि दुई देशका सुरक्षा निकायबीच सहकार्य गर्ने सहमति भएको पनि जनाए ।

 

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ३२ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज