१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

एमाले भएर बस्न मन थियो तर दिइएन  : श्रम मन्त्री श्रेष्ठ



तनहुँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् ।

कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन् नेपाली कांग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ । तर बस्न दिईएन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पारे ।

शनिबार भिमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको स्थानीय तहमा समाजवादीले आफुलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गरे । ‘जनताको काम कसरी गर्ने हामी सिकाउछौँ’, उनले भने । अबको निर्वाचनपछि सरकारमा पुगेर राजा बनेकाहरु ढल्ने निश्चित रहेको उनको जिकिर छ । पार्टी नयाँ भए पनि पुराना नेता भएका कारण नअत्तालिन कार्यकर्तालाई उनको अनुरोध छ ।

मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन अनुरोध गरे । उनले अगाडी थप्दै भने, ‘जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको छ । सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेहरुलाई चिन्नुहोला ।’

आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरुको उद्दारमा उदाहणीय काम गरेको मन्त्री श्रेष्ठले जिकिर गरे । वैदेशिक रोजगारीका शिलशिलामा ठगिएकाहरुलाई न्याय दिने काम गरेको उनी बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : १५ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ