१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

टिपिएल ४ : मणिग्राम र शंकरनगर विजयी



भैरहवा । रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको शनिबार सम्पन्न खेलमा मणिग्राम किङ्स र रोयल शंकरनगर विजयी भएको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको तेस्रो खेलमा तिलोत्तमा टाइगर्सलाई मणिग्रामले १० विकेटमा र चौथो खेल न्यु होराइजनलाई ५ विकेटले रोयल शंकरनगर विजयी भएको हो ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । जसका लागि आयुश्मान बमले ४६, सन्दीप जोराले २६ रनको योगदान गरे । बलिङतर्फ अनिल खरेलले ३ विकेट लिए ।

जबाफी ब्याटिङमा ११४ रनमको लक्ष्य पाएको मणिग्रमले १४ दशमलव १ ओभरमा विना विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि ईशान पाण्ड र देव खनालले अविजित ६० र ४४ को पारी खेले । वलिङतर्फ सुदिप जोराले २ विकेट लिए । पहिलो खेलमा अनिल खरेल म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको न्यु होराइजनले सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । १९ दशमलव २ ओभरमा समेटिएको टिमका लागि विपिन रावलले २१, राहुल शर्माले १४ रन बनाए ।

जबाफी ब्याटिङमा ९५ रनमको लक्ष्य पाएको शंकरनगरले १४ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि शंकर रानाले २७ र हरि चौहानले २२ रन बनाए ।

दोस्रो खेलमा धिरज शाही म्यान अफ द म्याच भए । आइतबारको खेल तिलोत्तमा टाइगर्स र नेपथ्य गोल्ड बीच तथा दोस्रो खेल न्यु होराइजन र एकोन भैरहवा बीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ४३ बजे

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन