१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

अष्ट्रेलियाविरुद्ध घरेलु टोली पाकिस्तानलाई एकदिवसीय श्रंखला



काठमाडौं । घरेलु टोली पाकिस्तानले अष्ट्रेलियाविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखलामा २-१ ले जित निकालेको छ । पाहुना टोली अष्ट्रेलियाले पहिलो खेल जित्दा लगातार दुई खेलमा हार बेहोर्‍याे ।

शनिबारको अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेकाे हाे ।

लाहोरमा २११ रनको सामान्य लक्ष्य पछ्याएको पाकितानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २१४ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक १०५ रन बनाए । यस्तै इमामुल हकले ८९ रनको योगदान गरे । अष्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१ ओभर ५ बलमा मात्र २१० रन बनाउन सक्यो । उसका एलेक्स केरीले सर्वाधिक ५६ रन बनाउन बनाए । सिन अब्बोटले ४९ रन, बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४ रन बनाए ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३/३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट हात पारे ।

 

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ५९ बजे

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन