७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल फर्कनेभन्दा छोड्ने नेपालीको संख्या बढी



काठमाडौं । सन् २०२२ सुरु भएपछिको तीन महिनामा विभिन्न देशबाट नेपाल फर्कनेभन्दा नेपाल छोडेर अन्यत्र जाने नेपालीको संख्या बढी पाइएको छ ।

अध्यागमन विभागका अनुसार गत जनवरी, फेब्रुअरी र मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए०बाट कूल ४ लाख ९२ हजार ७४३ जना नेपालीले आवतजावत गरेका छन् ।

पछिल्लो तीन महिनामा टिआइएबाट आवतजावत गर्नेमध्ये २ लाख ७ हजार ६९५ जना नेपाल फर्कनेहरु थिए । सोही अवधिमा २ लाख ८५ हजार ४८ जना नेपाली अध्ययन, रोजगारी लगायतका कारण विभिन्न देश गएका थिए ।

गत मार्चमा मात्र ८० हजार ७३३ जना नेपाली स्वदेश फर्केका थिए भने ९५ हजार ५५५ जना टिआइए हुँदै विभिन्न देश गएका थिए ।

२०२२ जनवरीमा एक लाख ५ हजार ९७२ जना नेपालीले देश छोडेका थिए । सोही अवधिमा ७२ हजार ५२४ जना स्वदेश फर्केका थिए ।

गत फेब्रुअरीमा ५४ हजार ४३८ जना नेपाली स्वदेश फर्केको र ८० हजार ५२१ जना विभिन्न देश गएको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ४ : ०३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११