१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल



भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका छन् । महासचिव गौतम पनि पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै सचिवमा बाल किसुन गुप्ता बानिया र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्याशी लीलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानिया र कोषाध्यक्षका प्रत्याशी वसन्त भट्टराईपछि पार्दै पाण्डे निर्वाचित भएका छन् ।

सदस्यमा रबिन खरेल, झवीन्द्र कुमार चोखला, जगदिसप्रसाद चौधरी, कमलेस गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले जानकारी दिए ।

निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : २४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम