१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

लैंगिक समानताका लागि महिलाको नेतृत्व विषयक गोष्ठि बुटवलमा सम्पन्न



बुटवल । लैंगिक समानताका लागि महिलाको नेतृत्व विषयक गोष्ठि बुटवलमा सम्पन्न भएको छ ।

किशोरी अधिकार मञ्च र महिला मानव अधिकार रक्षकहरुको सञ्जालको आयोजनामा, ओरेक र केएर नेपालको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो ।

किशोरी अधिकार मञ्च रुपन्देही की अध्यक्ष सुनिता हरीजनको अध्यक्षता भएको गोष्ठीमा सहभागिहरुले किशोरीलाई सचेत बनाउंदै उनीहरु माथी लगानी गरे महिला शशक्तिकरण बढ्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले महिलाको नेतृत्व र क्षमता विकासमा तिलोत्तमा नगरपालिकाले धेरै काम गरेको भन्दै अब महिलाहरुको समान सहभागिता जरुरी रहेको बताए । अहिले पनि धेरै ठाउंमा महिलाहरुलाई आरक्षणमै सिमित गर्न थालेको भन्दै नेतृत्वमा अब आरक्षणबाट मात्र नभई खुल्ला प्रतिस्पर्धा बाट अघि बढ्नुपर्ने उहांको भनाई छ । समाजले नै महिलाको नेतृत्व स्वीकार नगरेको उनले बताए ।

कोटईमाई गाउंपालिकाकी उपाध्यक्ष भानमती बनियाले महिलाहरुका सवाल अझै पनि धेरै उठ्न बांकी रहेको भन्दै अब नेतृत्वमै पुगेर समधानका लागि पहल गर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा, नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि उप सचिव सरीता श्रीस, ने.क.पा माओबादी केन्द्र प्रदेश सदस्य पुष्पराज ढकाल, अन्तरपाटी महिला सञ्जालका रिता सेन, टिका वली, लगायतले बोल्दै राजनितिमा ३३ प्रतिशत मात्र नभएर समापुपातिक रुपमा सहभागिता बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी र ओरेक बुटवलका कार्यक्रम अधिकृत धनकुमारी चौधरीले महिलाका मुद्धा र सवाल बारे प्रस्तुतीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा ओरेकले हाल सम्म गरेको गतिबिधि बारे जानकारी र ओरेकको ३१ औ बर्षिक उत्सवको अवसरमा महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरण आधार भन्ने नाराका साथ राष्टब्यपी अभियानको शुभारम्भ गरिएको थियो । यो अभियान स्थानिय, प्रदेश र संघको निर्वाचन सम्म जारी रहने धन कुमारी चौधरीले जानकारी दिए । महिला मानव अधिकार रक्षक सञ्जाल रुपन्देहीकी सचिव अस्मिना पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : ३० बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन