८ चैत्र २०८२, आइतबार | March 22, 2026

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा नै स्थापना हुने, जग्गा प्राप्ति र विधान तयारी प्रक्रिया शुरु



बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले विश्वविद्यालयका लागि बाँकेको खजुरा अनुपयुक्त भन्दै अन्यत्र जग्गा खोजि गरिएको खुलासा गरेपछि विवादित बनेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्ततः बाँकेको खजुरामा नै स्थापना हुने भएको छ । प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को आज बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिँदै सो प्रयोजनका लागि विनियोजित पाँच करोड बजेट कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ ।

बैठकले विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नियमावली, २०७८ को नियम ३ को उपनियम (१) को अनुसूची –२ बमोजिमको ढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए । विश्वविद्यालयका लागि बाँके जिल्लाको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको मन्त्री शर्माले बताए ।

शर्माका अनुसार विश्वविद्यालय ऐन, २०७८ को दफा ९ को उपदफा ९८० बमोजिम प्रदेश सरकार आफैले विश्वविद्यालय स्थापना गर्न चाहेमा विश्वविद्यालय ऐन बमोजिम प्रक्रिया र पूर्वाधार पुरा गर्ने गरी विश्वविद्यालय स्थापना गर्न सक्ने प्रावधान रहेको उल्लेख गर्दै विश्वविद्यालय स्थापना र सञ्चालनका लागि विश्वविद्यालय ऐन, २०७८ र विश्वविद्यालय नियमावली, २०७८ बमोजिमको प्रक्रिया, आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधार प्रदेश सरकारले पुरा गर्ने सुनिश्चतताका लागि प्रदेश सरकारमा अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकमा प्रदेश सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री वसीउद्दिन खाँ, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, मुख्य न्यायाधिवक्ता
श्रीकृष्ण सुवेदी सहित सम्बन्धित मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको प्रवक्ता शमार्मले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : २३ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र