१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पशुपतिस्थित नेपाल-भारतमैत्री धर्मशालाको पेसी २७ गतेका लागि स¥यो



काठमाडौं । पशुपतिस्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दामा चैत २७ गते सुनुवाइ तोकिएको छ ।

उच्च अदालत पाटनमा सोमबार तोकिएको विषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि अर्को पेशी तोकिएको हो । होटल आनन्द प्रालि (बतास समूह) का तर्फबाट राखिएका कानून व्यवसायीले इजलासका विषयमा प्रश्न गरेका थिए ।

यसअघि अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा पेसी परेकाले मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए । त्यसपछि पेशी सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए ।

बतास समूहअन्तर्गत रहेको होटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार नेपाल–भारतमैत्री धर्मशालाको सम्झौतामा उल्लेख गरिएका विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाएको थियो । त्यसका विरुद्ध बतास समूहले उच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : ५८ बजे

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक