१७ असार २०८३, बुधबार | July 1, 2026

व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आदेश



काठमाडौँ । उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न आज अन्तरिम आदेश गरेको हो ।

“यसमा माडवारी सेवा समिति नेपाल विरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ को रिट निवेदनमा यसै अदालतवाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारवाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१र०८र३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नु, नगराउनु ।” आदेशमा उल्लेख छ ।

एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिका विरूद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो । यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : २३ बजे

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी