६ श्रावण २०८३, बुधबार | July 22, 2026

संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार ?



काठमाडौं । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन ।

नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष/राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो । सो वक्तव्यलाई नेपाल र भारतका विदेश मन्त्रालयले जारी गर्ने गरेकोमा योपटक भने प्रधानमन्त्री देउवाको भारत भ्रमणमा वक्तव्य जारी हुन सकेन ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको यो पहिलोपटक भने होइन । यसअघि केपी शर्मा ओली सन् २०१६ मा पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमण गरेका बेलामा पनि भारतले संयुक्त वक्तव्य जारी गर्न अस्वीकार गरेको थियो । त्यतिबेला भारतले नेपालले जारी गरेको संविधानको केही बुँदामा असहमति राख्दै आएको थियो ।

भारतले योपटक संयुक्त वक्तव्य जारी गर्न नमान्नुको कारण भने नेपाल-भारतबीच देखिएको सीमा विवाद हो । सीमा विवादको विषय संवादमार्फत हल गरिनुपर्ने कुरा नेपालले उठाएपछि भारतले आफू अनुकूल नहुने भन्दै वक्तव्य जारी गर्न नचाहेको हो । भ्रमण दलबाट फर्किएको परराष्ट्रका अधिकारीका अनुसार नेपालले सीमाको विषय उठाएपछि भारतले अहिलेलाई वक्तव्य जारी गर्ने मनसाय नदेखाएको हो ।

देउवा अघिल्लोपटक प्रधानमन्त्रीका रूपमा सन् २०१७ मा भारत भ्रमणमा जाँदा पनि संयुक्त वक्तव्य जारी भएको थियो । देउवापछि दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका ओलीको भारत भ्रमणमा पनि दुवै देशले सहमति भएका विषय समेटेर संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री देउवाले हाल देखिएको सीमा विवादको समस्या हल हुनुपर्ने भारतीय समकक्षी नरेन्द्र मोदीसँग राखेपछि भारतले सो विषयमा मौनता साँधेको हो । सीमा समस्या सुल्झाउने विषयमा भारत संवादका लागि अझै तयार देखिएको छैन । देउवाले संयुक्त पत्रकार सम्मेलनमै सीमा विषयमा छलफल भएको जानकारी गराए पनि मोदी मौन रहँदा सो विषयले प्राथमिकता पाउन सकेन । यद्यपि, नेपालले भने सीमा समस्या हल गर्ने विषयमा भने जोड दियो ।

सीमा समस्याको विषयमा भारतले मौनता साँधे पनि अन्य द्विपक्षीय विषयमा दुवै मुलुक सहमत भएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ऊर्जा क्षेत्रमा मिलेर सहकार्य गर्नेसम्बन्धी भिन्दै ६ बुँदे वक्तव्य नेपाल र भारतले शनिबार जारी गरेको थियो । तर, सो सम्झौता पनि सहकार्य भन्नेमा मात्रै सीमित छ ।

योपटक प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतका विदेश मन्त्रालयले आफ्नै तरिकाले वक्तव्य जारी गरेका थिए । नेपालले सीमाको विषयमा पनि छलफल भएको उल्लेख गरेको छ भने भारतीय विदेश मन्त्रालयले भने सीमा विवादको कुरा उठाएको देखिँदैन ।

यता परराष्ट्रमन्त्री नारायण खड्काले भारत भ्रमण पूरा गरेर स्वदेश फर्किए लगतै गरेको पत्रकार सम्मेलनमा आआफूले विज्ञप्ति जारी गर्ने समझदारी भएको बताएका थिए । उनले भारतसँग सम्बन्ध प्रगाढ भएको र आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा सहमति भएको बताएका थिए । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ३९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज