१९ बैशाख २०८३, शनिबार | May 2, 2026

नेपालबाट थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति



काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : ३५ बजे

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान