२५ असार २०८३, बिहिबार | July 10, 2026

माओवादी हराउन देशी विदेशी शक्ति लागेका छन् : प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् ।

चितवनमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रको एकमात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे ।

अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी बलियो बन्नुपर्ने प्रचण्डले बताए ।

बलिदानी पूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई सिध्याउन देशीविदेशी शक्ति लागिपरेको भन्दै उनले त्यसलाई जोगाउन युवाको खाँचो रहेको बताए । लडेर मात्र हकअधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै युवालाई सभ्य ढङ्गले प्रतिगामीसँग लड्न उनले आग्रह गरे ।

माओवादी र प्रचण्डलाई हराउन देशीविदेशी शक्ति लागेको भन्दै उनले त्यसलाई परास्त गरेर अघि बढ्ने दाबी गरे । प्रचण्डले भने, “प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो ।” त्यसलाई कदापि पूरा हुन नदिनेसमेत उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ३५ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट