१४ असार २०८३, आइतबार | June 28, 2026

अन्तर्राष्ट्रिय खेलकुद दिवस : लुम्बिनीमा वाकाथुन तथा दिप प्रज्वलन



बुटवल । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा वाकाथुन र दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय खेलकुद दिवसको मनाएको छ । बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिका लागि प्रार्थना गर्दै ओलम्पिक कमिटीले यस वर्षको विश्व खेलकुद दिवस मनाएको हो । विश्वभर अप्रिल ६ (चैत्र २३) का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइदै आएको छ।

कार्यक्रममा ढिला पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीले मायादेवी मन्दिर परिसरमा दिप प्रज्वलन गरेर कार्यक्रमको समापन गरेका थिए। सो अवसरमा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनीलाई अन्तराष्ट्रिय क्षेत्रमा ओलम्पिकको माध्यमबाट जोड्न सकिने थप सम्भावना देखिएको बताए । उनले लुम्बिनीलाई खेलसंग जोडेर पर्यटन विकासमा टेवा मिल्ने भएकाले पनि सबै सरोकारवाला संघसंस्थाहरु सहकार्य गरि अघि बढ्नुपर्ने बताए। प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री केसीले बृहत् रुपमा खेललाई जोडेर आगामी वर्षदेखि लुम्बिनीका विषेयमा बृहद कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले यसै वर्षबाट लुम्बिनीमा कार्यक्रम गरि विश्व खेलकुद दिवस मनाउन लागिएको बताए । उनले सन् २०१३ मा संयुक्त राष्ट्र संघले पारित गरे अनुसार शान्तिसंग जोडेर खेलकुद दिवस मनाउन थालिएको जानकारी दिंदै खेलकुदमार्फत दिगो विकास र शान्तिको चाहना अघि बढाएको बताए।

मार्सल आर्टको विकास बुद्धकालबाटै आएको भन्ने ईतिहासका पानाहरुमा भेटिने गरेको उल्लेख गर्दै उनले खेलकुदको विकासलाई बुद्धको ठाउँबाट पहिचान दिन सकिने बताए। विश्व भरी बुद्धको जन्मस्थलबाट शान्तिको सन्देश दिने गरि कार्यक्रम गरिएको उनले बताए ।

२ सय ७ वटा राष्ट्रहरुलाई स्वागत गरेर कार्यक्रम गर्ने सोच बनाएको भए पनि कोभिड १९ का कारण त्यो अधुरो भएको उनले बताए।

लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मेत्ताले खेलकुदसँग बुद्ध संस्कृति र सम्पदा जोडिएको बताए । उनले मार्शल आर्ट जस्ता खेलहरु बुद्धकालिन खेल भएको दाबी गर्दै परम्परा, संस्कृति र आधुनिकतालाई जोडेर नयाँ बाटो बनाउन सकिने बताए ।

लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदलाई पर्यटनसंग जोड्ने गरि यो वर्षदेखि ओलम्पिक कमिटिसंग सहकार्यमा कार्यक्रम भब्य रुपमा गरिएको बताए। उनले प्रदेशको वार्षिक क्यालेन्डरमा राखेर यसलाई निरन्तरता दिने बताउँदै आगामी वर्षदेखि लुम्बिनीमा थप बृहत खेलकुद कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकार, लुम्विनी विकास कोष, प्रदेश खेलकुद परिषद्को विशेष सहयोगमा यस वर्ष देखि लुम्बिनीबाट सन्देशमुलक कार्यक्रम गरि दिवस मनाउन थालिएको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागिहरुले लुम्बिनी परिषर भित्र करिव ६ किलोमिटरको दुरी वाकाथुन गर्दै मायादेबी मन्दिरमा पुगेर , दिप प्रज्वलन गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ४३ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक