१० असार २०८३, बुधबार | June 24, 2026

बुटवलमा स्र्टर्टप सहित डिजिटल लुम्बिनी संवाद



बुटवल । बुटवलमा स्र्टर्टप सहित डिजिटल लुम्बिनी संवाद गरिएको छ । नयाँ युवाहरुलाई प्रविधिमा उद्यमशील बनाउने लक्ष्यसहित कार्यक्रम गरिएको हो ।

डिजिटल नेपालको अवधारणामा तीनै तहका सरकारले कसरी काम गर्नुपर्छ र के कस्ता काम भैरहेका छन् भन्ने बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले डिजिटल लुम्बिनी प्रदेशको सपना ढिलो चाडो पुरा हुने बताएका छन् । उनले प्रदेशले आफ्नै डाटा सेन्टर, ब्रोड व्याण्ड स्थापनाको गर्ने योजना रहेको बताए ।

उनले यसको लाग प्रदेश सूचना प्रविधि प्रतिष्ठान समेत स्थापना गरी आईसीटि पार्कलगायतका योजना सुरुवात गरेको बताए । बोल्दै मन्त्री शर्माले ढिलो चाडो डिजिटलाईजेसनको विकल्प नभएको भन्दै यसमा विस्तारै सरकार अभ्यस्तै हुँदै जाने बताए ।

आईसिटि फाउन्डेसनको आयोजनामा बुटवलमा भएको कार्यक्रममा नेपथ्य कलेज बुटवलका प्रिन्सीपल सन्जीव भण्डारीले ‘ई गर्भननेस, सार्वजनिक सेवा अपेक्षा वास्तविकता र सुझावको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै प्रदेश योजना आयोगका उपाध्यक्ष बाम देव क्षेत्री, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना प्रविधि विज्ञ रेग बहादुर भण्डारी, देवदह नगरपालिका का प्रमुख हिरा बहादुर खत्री, रुपन्देहीका आईटी व्यवसायी दुर्गा प्रसाद पाण्डे, पलिया टेक्नोलोजीका को फाउन्डर आयुश कसजु लगायतले ‘डिजिटल लुम्बिनी संवाद-डिजिटल नेपालको संभावना’ विषयमा प्यानल डिस्कसन गरेका थिए ।

कार्यक्रममा आईसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साल, क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यस अघि नवप्रवद्र्धन युक्त युवाहरुले एग्जिव्युसन समेत गरेका थिए । विभिन्न स्टलहरु राखिएको सो प्रर्दशनीमा नयाँ युवाहरुलाई उद्यमशीलता तर्फ उन्मुख बनाउने गरी उत्प्रेरणामुलक कार्यशाला समेत गरिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ०० बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया