८ चैत्र २०८२, आइतबार | March 23, 2026

प्रधानमन्त्री देउवाद्वारा बालबालिकालाई दिइने टाइफाइड विरुद्धको खोप अभियान उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइने खोपको उद्घाटन गरेका छन् ।

काठमाडौंको दरबार हाइस्कूलमा बिहीबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे ।

देशभर सुरु गरिएको खोप अभियान एकमहिनासम्म अर्थात आगामी वैशाख २५ गतेसम्म चल्नेछ । जसअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेरसमूहका ७५ लाख बालबालिकालाई खोप लगाइने छ ।

नेपालमा यो खोप पहिलो पटक दिइन लागिएको हो । सरकारले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ११ : ०० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय