२० मंसिर २०८२, शनिबार | December 6, 2025

विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल



पोखरा । विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, आईएफसी नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानीको टोलीले गण्डकीमा लगानी भित्र्याउने विषयमा छलफल गरेका हुन् ।

उनीहरूले प्रदेशको प्राथमिकता पर्यटन भएकोले यही क्षेत्रमा निगमले लगानीका लागि आह्वान गर्ने र विभिन्न कार्यक्रम सन्चालन गर्ने बताए । ‘हामीले लगानीको अवसर खोजेका छौं । गण्डकीको ऊर्जा र पर्यटनमा लगानी धेरै आउन सक्छ,’ सेल्माले भनिन्, ‘अहिले यहाँको पर्यटन जोखिममा परेको छ । यसलाई पुनरुत्थानका लागि निगमले केही गर्ने कि भन्ने सोचेको छ । तर, सरकारको सुझाव आवश्यक पर्छ ।’

सरकारकै प्राथमिकतामा आफुहरू योजना बनाउने सेल्माले बताइन् । अहिलेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय लगानी अति आवश्यक रहेको भन्दै त्यसअनुकुल व्यवस्था गर्न उनको सुझाव छ । अर्थमन्त्री रामजी बरालले सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताए ।

‘प्रदेश सरकार लगानीको वातावरण विकास गर्ने क्रममा नै रहेको छ । त्यसका लागि आवश्यक नीति र कार्यक्रम तयार गर्दै छौँ,’ उनले भने, ‘आधुनिक कृषि प्रणालीको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गरेर जाने सोचेको छ । स्वास्थ्य र शिक्षाको सुविधा विस्तार, जलविद्युत् निर्माण र बजारीकरणमा सरकारले चासो दिएको छ ।’

उनले सरकारको व्यवसायिक प्रबर्द्धनमा आईएफसीको सहयोग पाउने विश्वास राखे । आउँदो वर्षको बजेट निर्माणमा यसलाई प्राथमिकताका साथ अघि बढाउने बरालको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ३ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय