१८ माघ २०८२, आइतबार | February 2, 2026

मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग



पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हक हितको संरक्षण अनिवार्य हुनुपर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन् ।

राजनीति र प्रशासन एकै सिक्काका दुई पाटा भएको भन्दै राजनीतिले प्रशासनलाई विभिन्न आक्षेप लगाएको हामीबीच स्पष्ट छ,’ उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाप्रति हामी ट्रेड युनियनकर्मी घोर भर्त्सना गर्दछौं ।’

मन्त्रालयका अधिकृत प्रकाश ओझामाथि मन्त्री मनाङेले मंगलबार ४ बजेट आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली र आक्रमण गरेको भन्दै घटनाको छानबिनको माग गरेका छन् । ‘मन्त्रीबाट आफ्ना मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो । कर्मचारीहरूलाई भयरहित वातावरणमा काम गर्ने अवसर नहुँदासम्म सुशासन कायम हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गरी आम नागरिकको सेवामा उच्च मनोबलका साथ समर्पित हुने अवस्था निर्माणको लागि गण्डकी प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष सोमलाल तिवारी, अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती० कास्कीका अध्यक्ष अर्जुन देव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ६ : ४४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन