१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

नबिल एसएससी अन्तर्गत सामाजिक उद्यम प्रबद्र्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन



काठमाडौ । नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप नबिल एसएससी अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला गरिएको छ ।

सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नबिल एसएससी अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन खुला गरिएको हो ।

फेलोशिप कार्यक्रम भने यस अघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिएको छ ।

मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो ।

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ ।

आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : ५५ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का