४ असार २०८३, बिहिबार | June 18, 2026

नबिल एसएससी अन्तर्गत सामाजिक उद्यम प्रबद्र्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन



काठमाडौ । नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप नबिल एसएससी अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला गरिएको छ ।

सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नबिल एसएससी अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन खुला गरिएको हो ।

फेलोशिप कार्यक्रम भने यस अघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिएको छ ।

मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य हो ।

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने छ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ ।

आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ८ : ५५ बजे

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय

रास्वपाका महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन

सरकारी भोगाधिकारको जग्गा लिजमा रुपान्तरण गर्न विभागको पत्राचार

काठमाडौं । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति,

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक