१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लमजुङमा महोत्सव अवधिभर विद्युत कटौती नहुने



लमजुङ । लमजुङ महोत्सव अवधिभर विद्युत कटौती नहुने भएको छ ।

२२० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखि मर्स्याङदी पावर हाउसखण्डमा तार तान्ने काम भइरहेकाले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले बिहीबारदेखि उदीपुर-खुदी र बेसीसहर फिडर लाइन १० दिनका लागि विद्युत लाइन काटिने तथा आपूर्ति बन्द हुने सूचना जारी गरेको थियो ।

विद्युत् कटौती हुने सूचना सार्वजनिक भएपछि सातौँ लमजुङ महोत्सवको अवधिभर विद्युत नियमित गर्न माग गर्दै लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष लगायतका टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, संघका पदाधिकारी, नेपाल विद्यत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख यमकुमारी गुरुङसहितको उपस्थितमा भएको छलफलले शुक्रबारदेखि विद्युत् नियमित सुचारु गर्ने निर्णय गरेको लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष गुणराज सिलवालले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : २० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग