१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लमजुङमा महोत्सव अवधिभर विद्युत कटौती नहुने



लमजुङ । लमजुङ महोत्सव अवधिभर विद्युत कटौती नहुने भएको छ ।

२२० केभी प्रसारण लाइन आयोजनाको उदीपुरदेखि मर्स्याङदी पावर हाउसखण्डमा तार तान्ने काम भइरहेकाले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले बिहीबारदेखि उदीपुर-खुदी र बेसीसहर फिडर लाइन १० दिनका लागि विद्युत लाइन काटिने तथा आपूर्ति बन्द हुने सूचना जारी गरेको थियो ।

विद्युत् कटौती हुने सूचना सार्वजनिक भएपछि सातौँ लमजुङ महोत्सवको अवधिभर विद्युत नियमित गर्न माग गर्दै लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष लगायतका टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, संघका पदाधिकारी, नेपाल विद्यत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख यमकुमारी गुरुङसहितको उपस्थितमा भएको छलफलले शुक्रबारदेखि विद्युत् नियमित सुचारु गर्ने निर्णय गरेको लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष गुणराज सिलवालले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : २० बजे

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी