११ असार २०८३, बिहिबार | June 26, 2026

त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन



मुग्लिन । पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ ।

रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो ।

इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गरेका छन् । जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले यसले पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताए । जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीलाई टेवा पुग्ने उनको भनाइ थियो ।

रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमूना भएको बताए । उनका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन चितवनको इच्छाकामना-३ चुमखोलाबाट गोरखाको गण्डकी-१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ ।

नेपाली नागरिकका लागि एक हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उनले बताए। जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीले बताए ।

प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले तीन करोडमा जीपलाइन निर्माण गरिएको बताए । एडभेञ्चर टुरिजम विकासका लागि उनले नेपालमै पहिलोटक ८० प्रतिशत भाग नदीमाथि पर्ने थ्रिलिङ (रोमाञ्चक) किसिमको जीपलाइन भएको बताए ।

तीन महिनाभन्दा बढी परीक्षण गरिएको हुँदा कुनै समस्या नदेखिएकाले यो जीपलाइन पूर्ण सुरक्षित रहेको निर्देशक सिंखडाको भनाइ थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ३७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा