२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लुम्बिनी प्रदेशमा गठबन्धन भित्रको ‘खटपट’ मिल्यो, एकीकृत समाजवादीलाई बैठकमा बोलाइयो



बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनमा अपहेलना भएको भन्दै एक्लै चुनाव लड्ने अभिव्यक्ति सार्वजनिक भएसँगै नेकपा एकीकृत समाजवादीलाई पाँच दलीय गठबन्धनको बैठकमा समावेश गराईएको छ । बिहिबार बिहान एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले गठबन्धनभित्र आफ्नो दललाई हेला गरिएको बताएकै दिन दलको बैठकमा एकीकृत समाजवादीलाई गठबन्धन बैठकमा सामेल गराइएको हो ।

बिहिबार अपरान्ह बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीयतह निर्वाचनमा गठबन्धनलाई अझै बलियो बनाउने निर्णय गरिएको दलका नेताहरुले विज्ञप्ति मार्फत जनाएका छन् । बैठकले पाँच वटै दलका नेताहरुले स्थानीय तहको निर्वाचनको लागि सबै जिल्लाको आ–आफ्नो दलको मतको धरातलीय अवस्था चैत २६ सम्म तयार गरी गठबन्धनको संयन्त्रमा ल्याउने र २७ गते अर्को बैठक बस्ने निर्णय गरेको छ ।

प्रदेशका १०९ स्थानीय तहमै मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाडफाँट गरी गठबन्धनलाई व्यवहारिकरुपमा मजबुद र बलियो बनाउने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि बुधबारको बैठकले पाँच दलले संयुक्त आमसभा गर्ने लगायतका निर्णय गरेको थिए । मुख्यमन्त्री कार्यालयमा भएको बैठकमा माओवादी केन्द्रका लुम्बिनी इञ्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुल प्रसाद केसी सहितको बैठकमा नेपाली कांग्रेस कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणी चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष बद्रे आलम सहभागी थिए ।

अघिल्लो बैठक एकीकृत समाजवादीलाई सहभागी नै नबनाएर विज्ञप्ति प्रकाशित भएपछि गठबन्धन भित्रको खटपट बाहिरिएको थियो । खबरकुरासँग कुरा गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाईले गठबन्धनभित्र एकीकृत समाजवादीको प्रस्तावको सुनुवाई नहुने, सेने पनि कार्यान्वयन नहुने, दललाई अपहेलना गरिने जस्ता कार्य हुँदै आएको भन्दै एक्लै चुनावी तयारी गर्ने बताएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : २३ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि