५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

निर्वाचन दौडधुप : प्रचण्ड चितवनतिर, त्यहाँका कांग्रेस नेता काठमाडौंतिर



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ ।

निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो ।

तर, उनको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ । चितवनबाट केन्द्रीय सदस्य भएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका छन् । उनीहरूको दौडधुप काठमाडौं केन्द्रित छ ।

गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी दिएका छन् ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति श्रेष्ठले खबरकुरालाई बताए ।

चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो । हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृड अडानमा कांग्रेस छ । जुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनाविपरीत देखिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : ३३ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन