६ बैशाख २०८१, बिहिबार | April 18, 2024

विद्युतिय सुरक्षा दिवसमा विविध कार्यक्रम



बुटवल । विद्युतिय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा कर्मचारीलाई सुरक्षा सपथ तथा प्रभातफेरि कार्यक्रम गरि मनाईएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा शनिबार प्रभातफेरि निकालिएको हो ।

प्रभातफेरिमा सहभागी कर्मचारीहरुले प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्न साचो, विद्युत दुर्घटनाबाट बच्न सचेत रहौ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौ, विद्युत चोरी गर्नु दण्डनीय अपराध हो लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले काम गर्ने कर्मचारी र उपभोक्ता दुबै पक्षलाई विद्युतिय सुरक्षाको बारेमा सचेतना जगाउन कार्यक्रम गरिएको बताए । कर्मचारीहरुलाई सुरक्षा सपथ खुवाएर कार्यक्रम शुरु गरिएको उनले बताए । नेपालमा बिस २०७४ साल चैत २६ गते देखि प्रत्येक वर्ष दिवस मनाउन थालिएको उनले बताए ।

दिवसकै अवसरमा सप्ताहब्यापी रुपमा फिल्डमा खटिने कर्मचारीहरुलाई लक्षित गरि ३ दिने ब्यवहारिक सुरक्षा तालिम दिईएको थियो । तालिमलाई बुटवल वितरण केन्द्रका ईन्जिनियर सन्तोष चौधरीले सहजिकरण गरेका थिए । आधारभुत विद्युतिय सुरक्षा सम्बन्धि तालिम दिईएको बताए । तालिममा पिपिई प्रयोग, सेफ्टी ब्यवस्थापन, उपकरणहरु प्रयोग जस्ता सामान्य कुराहरु जसले सुरक्षामा धेरै महत्व दिने विषयलाई समेटेर तालिम दिईएको उनले बताए ।

तालिममा आकस्मिक उद्घार, मेडिकल, ईन्जिनियर जस्ता विषयहरु समेत समावेश गरिएको थियो । देशभरका वितरण केन्द्रहरुमा आआफ्नो ठाउमा दिवस मनाउदै आएका छन । कार्यालयका लेखा प्रमुख देविमाया दाहालले विद्युतिय कार्य संवेदनसिल कार्य भएको भन्दै यसमा लागेका कर्मचारीहरुलाई वर्षभरि नै तालिमहरु संचालन गरिदै आएको बताईन ।

राष्ट्रिय कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्ष कल्पना थापाले सचेतना कार्यक्रमहरु गरिदै जादा यसले पहिलेभन्दा दुर्घटनाको दर न्युनिकरण भएको बताईन । लुम्बिनी प्रदेशमा १ हजार ३ सय कर्मचारीहरु कार्यरत छन ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : १७ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच