३ पुस २०८२, बिहिबार | December 18, 2025

गभर्नर निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गर्‍यो : ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको आरोप समेत लगाए । उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाए । त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफनै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दावी गरे । क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाई थियो । ओलीले भने, ‘राजनीतिक प्रतिस्पर्धा भईरहेको छ । तर प्रतिस्पर्धा कस्तो भईरहेको छ भने अस्वस्थ । हिजोमात्रै पनि हामीले देख्यौं । हिजो थुतुनाभरी रांंै भएको मुसाले धान खायो । एउटै रौं नभएको भ्यागुतोलाई कारबाही ग¥यो । तपाईँहरुले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि । त्यसमा पनि अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पा¥यो । ध्वस्त पा¥यो देशको अर्थतन्त्र । अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही ग¥यो । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो । देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ । हिजो एउटा बर्खास्त ग¥यो । देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थवीद, अर्थशाष्त्री राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाईयो–बलिको बोको । उनलाई निलम्बन गरियो हिजो । र, माओवादी केन्द्रले नियुक्त गरेको, माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधिशको नेतृत्वमा एउटा छानवीन समिति बनायो । माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ, न्यायालयको अवस्था । म केही धेरै भन्न चाहन्न । अर्को एउटा नियुक्ति पनि भयो । नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा । नातावाद भो, कृपाबाद हो । अचाक्ली भो । क्रान्तिकारी हुँ भन्ने मान्छेले आफनो बाहेक कोही नियुक्ती गर्र्दैनन भन्ने छँदै थियो । हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रियसभामा लगियो । यत्रो बिध्न घाईते छन । सहीदका परिवार छन । यत्रो विध्न आन्दोलन गरेका मान्छेहरु छन, दुःख पाएका मान्छेहरु छन । अपांगता भएको व्यक्तिहरु छन । सरिरमा गोली लिएर हिँडीरहेका व्यक्तिहरु छन । जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छेहरु छन । ती सबै मान्छेहरुलाई पन्छाएर, तीनलाई छाडेर, तीनलाई अनादर र उपेक्षा गरेर आफनै भाईलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरि भयो ।’

अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफनो पार्टीलाई थर्काएको आरोप समेत लगाए । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफनो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस भनेर थर्काएको उनको गुनासो छ । नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको पो देखाउने गरेको अध्यक्ष ओलीले बताए । उनले भने, ‘२०४८ सालदेखि हामी लगातार निर्वाचन लडिराखेका छौं । राजनीतिक दलहरुसँग परामर्श नगरीकन सत्तापक्षीय दलहरु र सरकारसँग मात्रै परामर्श गरेर आचारसंहिता पहिलो पल्ट नेपालमा जारी भयो । जो सबैले मान्नुपर्छ । तर सल्लाहचाँही सत्तापक्षसँग मात्रै हुन्छ । अरुसँग सल्लाह भएन । हामीसँग सल्लाह भएन । हाम्रो प्रतिनिधिलाई निर्वाचन आयोगले तपाईहरुले पढन पनि दिनु भएन, बोल्न पनि दिनु भएन । अनि कसरी सही गर्ने यो ठिक छ भनेर भन्दा आयोगले तपाईहरुले सही गर्ने गर्नुस नगरे नगर्नुस केही छैन । मन लागे गर्नुस नलागे नगर्नुस हामी अगाडि बढछौं । जसले मान्दैन उसलाई कारबाही गर्छौै भनेर निर्वाचन आयोग, जसले अनुरोध गथ्र्यो । कानुन बमोजिम कारबाही गरे भैगो । तर जारी गर्दा खेरी नै उसले कारबाहीको डण्डा देखाएर जारी ग-यो । आचारसंहितामा नमान्नुपर्ने कुरा छन कि भन्ने उसै देखिएन ? आचारसंहिता नमान्नेलाई जो सुकैलाई कारबाही गरिन्छ भनेर थर्कायो त निर्वाचन आयोगले । निर्वाचन आयोग निर्वाचन गराउने चिज हो । थर्काउने चिज त होईन तर थर्कायो । किनभने उसले कसैसँग परामर्श सत्ता बाहिरका राजनीतिक दलहरुसँग परामर्श गरेन । र, देशको प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आवश्यक ठानेन । बरु तपाईहरुसँग परामर्श गर्न आवश्यक छैन भनेर थर्कायो । तर पनि हामी निर्वाचन आचारसंहिता मान्छौं ।’

अध्यक्ष ओलीले आफनो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफनो पार्टी प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  २ : ४५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका