६ पुस २०८२, आइतबार | December 21, 2025

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् ।

शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन् । उनले प्रचण्ड र नेपाल आफू पनि सकिने र कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए ।

उनले एमाले भएकै कारण कम्युनिस्ट आन्दोलनको रक्षा भएको बताएका छन् । ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको ओलीले बताए ।

‘देउवा नेतृत्वको सरकारले नौ महिनामा देशलाई कंगाल बनायो’, उनले भने । नेपाल उर्वर देश र मेहनती जनता रहेको भन्दै उनले देशको अर्थतन्त्र धरासायी भएको भनेर गभर्नरले सही सुझाव दिँदा गभर्नरको निलम्बन गर्नु दुखद भएको बताएका छन् । सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीको आरोप छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : २३ बजे

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल