१५ बैशाख २०८१, शनिबार | April 27, 2024

काभ्रेको घिमिरे गाउँमा विस्फोट, २४ वर्षीय मोहन विक घाइते



काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ ।

नजिकै रहेको जंगलमा पहिचान नखुलेका वस्तु भेटिएको र आगोमा लगाउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खतिवडालाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस क्षेत्रको जंगलमा नेपाली सेनाले नियमित अभ्यास गर्दै आएको छ । सो क्रममा ‘मिस फायर’को बम विकले भेटेको हुन सक्ने प्रहरीले आशंका प्रहरीको छ । तर, पुष्टि भइसकेको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : ०८ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा