३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

‘अर्थमन्त्रीको अराजक दबाबमा परेर प्रधानमन्त्रीले गभर्नर हटाउने गलत निर्णय लिए’ (विज्ञप्तिसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि सरकारले गरेको कारवाही तत्काल फिर्ता लिन माग गरेको छ ।

एमालेबाट अर्थमन्त्रालयको नेतृत्व गरेको तीन जना पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरिएको निलम्बनको कारवाही तत्काल फिर्ता लिन माग गरेको हुन् ।

उनीहरुले अराजक अर्थमन्त्री सनकको दबाबमा परेर प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर हटाउने गलत निर्णय लिए‍को आरोप समेत लगाएका छन् । एमालेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन ।’

एमालेले गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको आरोप समेत लगाएको छ । ‘एमाले सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजनमा पारिएको छ’ एमालेले भनेको छ, गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ ।’

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Press-Statement-Chait-27.pdf” title=”Press Statement Chait 27″]

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २४ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्