१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

‘अर्थमन्त्रीको अराजक दबाबमा परेर प्रधानमन्त्रीले गभर्नर हटाउने गलत निर्णय लिए’ (विज्ञप्तिसहित)



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि सरकारले गरेको कारवाही तत्काल फिर्ता लिन माग गरेको छ ।

एमालेबाट अर्थमन्त्रालयको नेतृत्व गरेको तीन जना पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरिएको निलम्बनको कारवाही तत्काल फिर्ता लिन माग गरेको हुन् ।

उनीहरुले अराजक अर्थमन्त्री सनकको दबाबमा परेर प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर हटाउने गलत निर्णय लिए‍को आरोप समेत लगाएका छन् । एमालेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठवन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन ।’

एमालेले गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको आरोप समेत लगाएको छ । ‘एमाले सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजनमा पारिएको छ’ एमालेले भनेको छ, गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ ।’

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/04/Press-Statement-Chait-27.pdf” title=”Press Statement Chait 27″]

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  २ : २४ बजे

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

सरकारी कार्यक्रम अब होटलमा होइन, कार्यालयभित्रै सञ्चालन गर्नुपर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका