१ असार २०८३, सोमबार | June 15, 2026

एमालेले भरतपुर महानगरको मेयरको उम्मेद्‌वार विजय सुवेदीलाई बनाउने



चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।

महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्‌वार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेद्‌वारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।

यसअघि महानगरको मेयरको उमेदवारमा देवी ज्ञवालीको पनि चर्चा थियो । २०७४ को चुनावमा माओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भएका ज्ञवालीले यस पटक विजय सुवेदीलाई नै मेयरको उमेदवारमा प्रस्ताव गरेका हुन् । उपमेयरको उमेदवारको घोषणा गरिएको छैन । उपमेयरमा एमालेले राप्रपासँग तालमेल गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ५ : २५ बजे

कमदाको अन्तिम समयको गोलमा जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो

काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने

काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न दुवै

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु