१२ असार २०८३, शुक्रबार | June 26, 2026

दाङमा तालमेल तयारीमा सत्तारुढ दल



दाङ । दाङका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन् ।

पाँच दलका जिल्ला स्तरीय नेताहरूको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच सहकार्य गरेरै जानुपर्ने सुझाव केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको कांग्रेस सभापति शंकरप्रसाद डागीले बताए ।

दाङमा सबै पार्टीको अवस्था, गत २०७४ सालको निर्वाचनमा मत परिणाम र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै गठबन्धन दलहरू बीच चुनावी तालमेल गरेर जानुपर्ने निष्कर्ष निकालिएको सभापति शंकरप्रसाद डाँगीले भनाई छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका संयोजक तुलसीराम पुन, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि वेल्बासे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : २४ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका