१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोखरेलसँग गठबन्धनबाट रेखा शर्मा भिड्दै



दाङ । कृष्णबहादुर महराको निर्वाचन क्षेत्रकारुपमा चिनिएको दाङ क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छन् । शर्माले उम्मेदवारी दर्ता गराएपछि दाङ २ मा शर्माको प्रतिस्पर्धा एमाले महासचिव शंकर पोखरेलसँग पर्ने भएको छ ।

उम्मेदवारपिछि प्रतिक्रिया दिँदै शर्माले माओवादीको बलियो संगठन भएको भनिएको सो क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको बताइन् । उनले महराको विरासत जोगाउन र पार्टीले यस अघि तयार गरेको क्षेत्र नम्बर २ को बाँकी कामहरुलाई पुरा गर्न आफुले जित्न जरुरी भएको बताइन् ।

दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा माओवादी केन्द्रबाट शर्मा तथा प्रदेशसभा (क) बाट कांग्रेसबाट राजु खनाल र (ख)बाट प्रचण्ड न्योपाने गुन्टुले उम्मेदवारी दर्ता गराएका छन् । महराले नयाँ पुस्तालाई अवसर दिने भन्दै टिकट अस्विकार गरेपछि सो क्षेत्रमा माओवादीले शर्मालाई उम्मेदवार बनाउको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १८ बजे

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले

सरकारको सुरुआती लक्षण राम्रो छैन : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान

नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको शालिक अनावरण

नेपालगन्ज । नेपाल मै पहिलो पटक नेपालगन्जमा जेनजी आन्दोलनका सहिदको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका