२६ असार २०८३, शुक्रबार | July 10, 2026

सत्ता गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयासमा अनुगमन संयन्त्र बाधक



काठमाडौं । सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा नेपाल०को प्रयास असफल हुने देखिएको छ ।

स्थानिय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरु बिचमा मात्रै साझा उम्मेदवार चयन गर्न सुझाव पेश गरेपछि लोसपाको प्रयास असफल हुने देखिएको हो ।

आफना माग पुरा गराउन तथा स्थानिय तह निर्वाचनमा तालमेल गर्ने बिषयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई दुई पटक प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । कांग्रेस सभापति देउवा तालमेलका लागि सकारात्मक रहेको जनाउँदै भारत भ्रमणवाट फर्केपछि पुनस् वार्ता गर्ने भनिरहेको बेला अनुगमन संयन्त्रले पाँच दल बिचमा मात्रै गठबन्धन गर्न सिफारिस गरे पछि लोसपाको सो प्रयास असफल हुने देखिएको हो ।

‘स्थानिय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनका बिचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अघि बढने’ सुझाव अनुगमान संयन्त्रले दिएकोे छ । सो सुझावका आधारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका बिचमा मात्रै गठबन्धन हुने देखिएको छ ।

सोमवार बस्ने गठबन्धन शिर्ष नेतृत्वको बैठकले अन्यसँग पनि गठबन्धन गर्ने निर्णय नलिएको खण्डमा लोसपाको प्रयास अन्ततस् असफल हुने देखिएको छ । ‘अहिलेसम्म गठबन्धन गर्ने भनेर केन्द्रिय निर्णय भएको छैन, स्थानिय तहले आवाश्यक्ताका आधारमा चुनावी तालमेल गर्न सक्नेछन,’ केन्द्रिय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने, ‘सत्तारुढ गठबन्धनसँग तालमेल नभए अन्यसँग तालमेलको ढोका भने खुल्ला रहेनछ, हामी छलफलमा नै छौं ।’ उनका अनुसार नेकपा एमालेसहित साना दलहरुसँग तालमेल गरेर अघि बढने बारेमा छलफल अघि बढाउन सकिने विकल्प भने अझै खुल्ला रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ०२ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले