२६ असार २०८३, शुक्रबार | July 10, 2026

एमाले नेताको आरोप : देउवा सरकारका १० महिनामा नयाँ कामको शिलन्यास समेत भएन



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्यास समेत गर्न नसकेको आरोप लगाएका छन् ।

केपी ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिनाभित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरसायी बनाउँदै लगेको आरोप लगाएका हुन् ।

‘एमाले सरकारको बहिर्रगमनपछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत्वपूर्ण काम कुनै छ त ? गंभीर प्रश्न खडा भएको छ’ एमाले नेता गोकर्ण बिष्टले प्रश्न गरेका छन, ‘करिब दश महिनाको अबधिमा विकास निर्माणका आयोजनाको न कुनै शुभारम्भ न शिलान्यास ढलेको सिन्को समेत यो सरकारले भाँचेन, केवल राष्ट्रको धुकुटी सिध्याउनु यो सरकारको मुख्य काम बन्न पुग्यो ।’

उनका अनुसार देउवा सरकार गठन भएपछि जनतालाई राहतको सट्टा मंहगी र कु–शासनले थिचेको जनाउँदै देशको अर्थतन्त्र धरासायी र चौपट बन्दै गएको छ । ‘यस्तो अवस्थामा देउवा सरकार देशलाई दिनप्रतिदिन बोझ बन्दैछ, राष्ट्रलाई धराशायी बनाउने निकम्मा र असफल सरकारका रूपमा परिणत हुन देउवा सरकारलाई अब धेरै दिन कुर्न नपर्ने भएको छ’ बिष्टले उल्लेख गरेका छन ।

यस्तै एमाले प्रचार विभाग प्रमुख विष्ष्णु रिजालले ओली सरकारले गरेका बिकास निमार्णमा रिबन काटने बाहेक अन्य काम गर्न प्रधानमन्त्री देउवाले नसकेको आरोप लगाउँदै आएका छन ।

‘ओली सरकारको पालामा सुरु भएका विकास निमार्णका कार्यमा रिबन काटने बाहेक प्रधानमन्त्रीले केही नयाँ कामको सुरुवात गरेको देखिएको छैन, न कुनै गतिलो आयोजनाको शिलन्यास गर्नुभएको छ, न देशलाई अघि बढाउने भिजन नै देखाउनु भएको छ,’ रिजालले भने, ‘ओली सरकारले गरेका कामलाई समेत गति दिन नसकेको सरकारले देशको अर्थतन्त्र धरासयी बनाउँदै भने लगेको छ ।’ एमाले नेताहरुले विकास निमार्णको काममा कुनै ध्यान नदिएको जनाउँदै निरन्तर प्रधानमन्त्री देउवामािथ आक्रोस पोखेका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : ३३ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले