६ पुस २०८२, आइतबार | December 21, 2025

पुष्पलालले गठन गरेको नेकपाको सच्चा उत्तराधिकारी हौँ : एकीकृत समाजवादी



काठमाडौं । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको दल नेकपा एस (एकीकृत समाजवादी) पार्टीले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी भएको दाबी गरेको छ ।

शनिबार र आइतबार बसेको सचिवालय बैठकले पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९’ को पृष्ठभूमिमै एकीकृत समाजवादीले उक्त दाबी गरेको हो ।

त्यहाँ भनिएको छ, ‘हामी २००९ साल वैशाख ९ गते कमरेड पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी हौँ ।’

एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अनुयायी र नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को उत्तराधिकारी भएको जिकिर पनि गरेको छ ।

जबकि, एमाले देशकै ठूलो कम्युनिस्ट पार्टीको रूपमा अस्तित्वमा छ । सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रवृत्तिगत आक्षेप लगाउँदै बाहिरिएका नेताहरूले गठन गरेको दल एकीकृत समाजवादी हो । यही दलले तयार गरेको घोषणापत्रमा ओलीले नेतृत्वको गरेको एमालेलाई नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को रूपमा अस्वीकार गरेको हो ।

घोषणापत्रमार्फत ओली नेतृत्वको एमालेमा गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली रहेको विश्लेषण पनि एकीकृत समाजवादीको छ । अध्यक्ष ओलीको दक्षिणपन्थी अवसरवाद र षड्यन्त्रकारी कार्यशैलीका कारण विद्रोह गरेर पुष्पलालले स्थापना गरेको नेकपाको सच्चा उत्तराधिकारीको हैसियतमा स्थानीय निर्वाचनमा जनतामाझ आएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ४८ बजे

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक