२१ भदौ २०८३, आइतबार | September 6, 2026

पुष्पलालले गठन गरेको नेकपाको सच्चा उत्तराधिकारी हौँ : एकीकृत समाजवादी



काठमाडौं । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको दल नेकपा एस (एकीकृत समाजवादी) पार्टीले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी भएको दाबी गरेको छ ।

शनिबार र आइतबार बसेको सचिवालय बैठकले पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९’ को पृष्ठभूमिमै एकीकृत समाजवादीले उक्त दाबी गरेको हो ।

त्यहाँ भनिएको छ, ‘हामी २००९ साल वैशाख ९ गते कमरेड पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी हौँ ।’

एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अनुयायी र नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को उत्तराधिकारी भएको जिकिर पनि गरेको छ ।

जबकि, एमाले देशकै ठूलो कम्युनिस्ट पार्टीको रूपमा अस्तित्वमा छ । सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रवृत्तिगत आक्षेप लगाउँदै बाहिरिएका नेताहरूले गठन गरेको दल एकीकृत समाजवादी हो । यही दलले तयार गरेको घोषणापत्रमा ओलीले नेतृत्वको गरेको एमालेलाई नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को रूपमा अस्वीकार गरेको हो ।

घोषणापत्रमार्फत ओली नेतृत्वको एमालेमा गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली रहेको विश्लेषण पनि एकीकृत समाजवादीको छ । अध्यक्ष ओलीको दक्षिणपन्थी अवसरवाद र षड्यन्त्रकारी कार्यशैलीका कारण विद्रोह गरेर पुष्पलालले स्थापना गरेको नेकपाको सच्चा उत्तराधिकारीको हैसियतमा स्थानीय निर्वाचनमा जनतामाझ आएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ४८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा