२१ भदौ २०८३, आइतबार | September 6, 2026

ठाउँ र अवस्था अनुसार चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको घोषणा



काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनसम्बन्धी संयुक्त अपील जारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकपछि संयुक्त अपील जारी गर्दै नेताहरुले स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

गठबन्धनले देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सबै साथीहरुलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त अपील मार्फत उनीहरुले हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण पनि गरेका छन् ।

अपीलमा भनिएको छ, ‘परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको हो । पाँचदलको यो ऐक्यवद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधीनता, नेपाली जनताको स्वतन्त्तता र उन्नतीका लागि स्थानीय बासिनदाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरृेर अगिाडि बढ्ने घोषणा गर्दछौं ।’

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा