१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पूजा र आकाश फेरि सँगै



काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना बिर्सना’ को ‘परेलीमा।।’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । निमेष प्रधान निर्देशित फिल्मको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो ।

आगामी ६ जेठमा प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन् भने निर्मातामा रेबिका प्रधान छिन् । निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । गायक, गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी पनि गरे ।

फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरू निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई सहज लाग्ने बताउँदै दर्शकले आफूहरूलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन् ।

‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ,’ उनले भनिन् । फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको उनले बताइन् ।

अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउँदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरूले निकै मिहिनेतका साथ फिल्म बनाएकाले सबैको साथ, हौसला र मायाको आशा राखेको बताइन् । छायांकार शिव ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत विश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक वर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिशिर राणाले साथ दिएका छन् ।

फिल्ममा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १ : २१ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य